स्याङ्जाको गाहाखोलामा स्कुटर दुर्घटना हुदाँ श्रेष्ठको मृत्यु
स्याङ्जा | साउन २६, २०७९
स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलास्थित आँधीखोला जाने भित्री कच्ची सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार आज (बिहिबार) विहान करिब ७ बजे ग १६ प ५४६१ नम्बरको स्कुटर दुर्घटना हुँदा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षिय बसन्त श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीलाई स्कुटर दुर्घटना भएको जानकारी भएपछि घटना स्थलमा पुग्दा स्कुटर बाटोको छेउमा रहेको थियो भने मृतक श्रेष्ठ कुनामा उछिट्टिएका थिए । मृतक श्रेष्ठ निवर्तमान वडाध्यक्ष रहेको समेत बताइएको छ ।
मृतक श्रेष्ठको दुवै हातको कुईनामा सामान्य चोट देखिएकाले घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

